गृहमन्त्री लेखकद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे निर्माण स्थलकाे निरीक्षण

Published on

काठमाडौं साउन ३२ । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्नु भएको छ ।

शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । यो परियोजना हाम्रो लागि राम्रो यो ।  यो परियोजना समयमै सम्पन्न हुने छ भन्ने विश्वास छ। समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उहाँले बताउनु भयो । परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्य हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौँ , गृहमन्त्री लेखकले भन्नुभयो ।

यस्तै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले
यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । भारतको सबैभन्दा ठूलो अनुदानको परियोजन हो । यो समयमै सम्पन्न हुन्छ  । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०-११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ ।  यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ, उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...