सिंजा सभ्यता विधेयक प्रमाणिकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध

Published on

काठमाडौं । नेपाली भाषाको उद्गमस्थल सिंजालाई केन्द्रमा राखि खस सभ्यताको अध्ययन, खोजी, खस भाषाको संरक्षण, सिंजाको ऐतिहासिक, पुरातात्विक इतिहासको संरक्षण तथा आधुनिक विकासका लागि अगाडि बढाइएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रमाणित गरिदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुम्लाका राजनैतिकदलहरु तथा जनप्रतिनिधिहरु सहितको प्रतिनिधि मण्डलले पहल गरेको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विधेयक अगाडि बढाउन जिल्लास्थित राजनैतिक दलका नेताहरुले माग गरेका छन् । प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, पहल समितिका संयोजक तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका नेता बलबहादुर महत, नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाही, नेता भिमनिधि हमाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रविर तिरुवा, दलबहादुर जिसी सहितका प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई विधेयक अगाडि बढाउन अनुरोध गरेको छ ।

विधेयक पारितका लागि बनेको पहल समितिका संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीले प्रधानमन्त्रीसँग सिंजा विधेयक प्रमाणित गरिदिन हुन अपिल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग जुम्ला जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलले भेटेर सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति दिने मन्त्रीपरिषदको निर्णयलाई प्रमाणीकरण गर्न शुक्रवार अनुरोध गरेको छ । जुम्लाको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले विधेयक प्रमाणिकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान प्रधानमन्त्री पुष्मकमल दाहाल नेतृत्वको मन्त्रीपरिषदले सिंजा विधेयकलाई सैद्धान्तिक सहमतिका लागि निर्णय गरेको छ ।

विधेयक पारित गर्नका लागि संयोजक नरेश भण्डारी र वलबहादुर महतको नेतृत्वमा पहल समितिनै बनाइएको छ । समितिले विभिन्न समयमा नेपाल सरकार प्रधानमन्त्री सहित सरोकारवाला मन्त्रालय, निकायहरुसँग भेटेर पहल गरिरहेको छ । पहल समितिका संंयोजक नरेश भण्डारी र सहसंयोजक बलबहादुर महत नेतृत्व सहित राजनैतिकदलको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक पारित भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...