सिंजा सभ्यता विधेयक प्रमाणिकरणका लागि प्रधानमन्त्रीलाई अनुरोध

Published on

काठमाडौं । नेपाली भाषाको उद्गमस्थल सिंजालाई केन्द्रमा राखि खस सभ्यताको अध्ययन, खोजी, खस भाषाको संरक्षण, सिंजाको ऐतिहासिक, पुरातात्विक इतिहासको संरक्षण तथा आधुनिक विकासका लागि अगाडि बढाइएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रमाणित गरिदिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जुम्लाका राजनैतिकदलहरु तथा जनप्रतिनिधिहरु सहितको प्रतिनिधि मण्डलले पहल गरेको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विधेयक अगाडि बढाउन जिल्लास्थित राजनैतिक दलका नेताहरुले माग गरेका छन् । प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, पहल समितिका संयोजक तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारी, पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका नेता बलबहादुर महत, नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाही, नेता भिमनिधि हमाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द्रविर तिरुवा, दलबहादुर जिसी सहितका प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई विधेयक अगाडि बढाउन अनुरोध गरेको छ ।

विधेयक पारितका लागि बनेको पहल समितिका संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीले प्रधानमन्त्रीसँग सिंजा विधेयक प्रमाणित गरिदिन हुन अपिल गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग जुम्ला जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलले भेटेर सिंजा सभ्यता संरक्षण तथा विकास विधेयकलाई सैद्धान्तिक सहमति दिने मन्त्रीपरिषदको निर्णयलाई प्रमाणीकरण गर्न शुक्रवार अनुरोध गरेको छ । जुम्लाको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले विधेयक प्रमाणिकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान प्रधानमन्त्री पुष्मकमल दाहाल नेतृत्वको मन्त्रीपरिषदले सिंजा विधेयकलाई सैद्धान्तिक सहमतिका लागि निर्णय गरेको छ ।

विधेयक पारित गर्नका लागि संयोजक नरेश भण्डारी र वलबहादुर महतको नेतृत्वमा पहल समितिनै बनाइएको छ । समितिले विभिन्न समयमा नेपाल सरकार प्रधानमन्त्री सहित सरोकारवाला मन्त्रालय, निकायहरुसँग भेटेर पहल गरिरहेको छ । पहल समितिका संंयोजक नरेश भण्डारी र सहसंयोजक बलबहादुर महत नेतृत्व सहित राजनैतिकदलको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक पारित भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...