ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाल्नुभयो कार्यभार

Published on

काठमाडौं । नेपालको सबैभन्दा ठुलो बैङ्क ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । पदभार सम्हाल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैङ्कको व्यावसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हित र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । साथै बैङ्कको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैङ्कको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ग्लोबल बैङ्कमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताउनुभयो । ग्लोबल आइएमई बैङ्क निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठुलो बैङ्क मानिन्छ । ग्लोबल आइएमई बैङ्कको नयाँ सिइओको रूपमा नियुक्त हुनुभएका रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सिइओ रेग्मीसँग बैङ्किङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...