चार हजार मिटरमा महावुधाम मेला

Published on

काठमाडौं । दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको महावुधाममा मेला सुरु भएको छ। जनैपूर्णीमा अघिल्लो दिन लाग्ने मेलामा दर्शन गर्नका लागि दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला र नेपालगञ्ज लगायतका जिल्ला र भारतमा बस्ने नेपालीहरू समेत उक्त मेला भर्न महावुधाम पुगेका छन् । आफूले मागेको बर प्राप्त गर्ने र पाप गरेको भए पाप नष्ट हुने धार्मिक विश्वासका कारण लाखौँ मानिसहरू शिव लिङ्गको दर्शन गर्नका लागि यहाँ पुग्ने गर्दछन् । धार्मिक किम्बदन्ती अनुसार महाबु लेकमा आर्चाय ब्राह्मणका बोल्न नसक्ने छोरा भैँसी चराउन जाँदा ढुङ्गामा सुतिरहेको बेला ढुङ्गा भित्रबाट शरीर धकेलियो । उनले त्यहाँ खोतल्दा शिव भगवानको उत्पन्न भयो । शिव भगवानले बोल्न नसक्ने उनलाई वेद पढ्न सक्ने वरदान दिई शिला लिङ्गमा सधैँ दुधको धारा चढाउनु र अरू कसैलाई नभन्नु भनी आज्ञा दिए । तर दुध चढाएको बेला देखेका अन्य गोठालाले यो केहो, नभने मार्ने धम्की दिएपछि उनले बाध्य भएर भने । शिव भगवानबाट पाएको वरदान भने लगत्तै उनको मृत्यु भयो ।

महावुधाम मन्दिरका पुजारी रामानन्द काफ्लेका अनुसार यो किबदन्ती दुई सय वर्ष अगाडीको हो । सो समयदेखि प्रत्येक वर्षको जनैपूर्णीमाको देखि तीन दिनसम्म महाबु लेकमा मेला लाग्ने गर्दछ । पुजारी काफ्ले भन्नुभयो, नेपालमै सबैभन्दा उच्च भागमा मेला लाग्ने दाबी गर्छन् । उहाँका अनुसार शिव लिङ्गको दर्शन गरेमा मनले मागेको कुरा पुरा हुने, सन्तान नभएकाहरूले सन्तान मागेमा सन्तान हुने, कुनै पाप गरेको छ भने पाप नाश हुने धार्मिक विश्वास रहेको छ । महावु मेलामा महिला जान नमिल्ने भनिए पनि केही वर्षदेखि महिलाहरू उल्लेख्य मात्रामा जान थालेका छन् । तर पुजारी र पुजारीका आफन्तका परिवारका महिला भने शिवको दर्शन गर्न जाँदैनन् । सो मेला हेर्न आन्तरिक पर्यटकको घुइँचो लागेपनि होटल र बास स्थानको अभाव भएको गुनासो छ । लगातार वर्षातले नारायण नगरपालिका–१० भवानीको ओखरबासमा पहिरोलाई सडक डिभिजन सुर्खेत, नारायण नगरपालिका र महावु गाउँपालिकाको समन्वयमा पहिरो पन्छाएपछि महावुधाम जाने यात्रुहरूलाई सजिलो भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...