आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्स शीर्षस्थानमा

Published on

काठमाडौं । नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग–२ को शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले घरेलु टोली क्यानडालाई ६३ रनले हराउँदै लिगको शीर्षस्थान कब्जा गरेको हो । जितका लागि नेदरल्यान्ड्सले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५७ रनमा समेटिएको थियो । क्यानाडाका लागि श्रेयस मोब्वाले सर्वाधिक ४७ रन बनाउनुभयो । यस्तै आरोन जोनसन ३२, दिलप्रीत सिंह २० ,डिलोन हेलिगर १४ र साद विन जफरले १२ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका पावल भान मिक्रेनले पाँच विकेट लिनुभयो । भिभियन किङ्माले तीन तथा आर्यन दत्त र शरिज अमहमदले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ७२ रन बनाउनुभयो । यस्तै नोह क्रसले ३१, विक्रमजित सिंहले २५, शरिज अहमदले १९, म्याक्स ओ’ डोउडले १८ र काइल क्लेनले १० रन बनाउनुभयो । बलिङमा क्यानाडाका कलिम सानाले चार तथा हर्ष ठाकर र डेलिन हेलिगरले दुई दुई विकेट लिनुभयो । जितसँगै नेदरल्यान्ड्सले सात खेलबाट १० अङ्क बनाएको छ । स्कटल्यान्ड नौ अङ्कका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको क्यानडाको आठ रहँदा आठ अङ्क छ ।

लिगमा नेपाल दुई अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । विश्वकप लिग–२ अन्तर्गत नेपाल अहिले आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि भारतमा अभ्यास गरिरहेको छ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...