पाकिस्तानमा झुण्डिएको अवस्थामा भेटिएका पाँच जना ‘अफगानी’ भएको पुष्टि

Published on

काठमाडौं । पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ । यद्यपी अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी नलिएको पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले जनाएको छ । मृत्यु हुनेमा अफगानिस्तानको लस्करगाह निवासी रोजी खान, रहमत उल्लाह, सामी उल्लाह, आगा वली र सरदार वली रहेका छन् । शाह फहद बिन सुल्तान अस्पतालका एक अधिकारी मोहम्मद जवादले डनसँग भन्नुभयो “मृत्यु भएका पाँचै जना अफगानी नागरिक हुन् र अफगानिस्तानको लस्करगाहका बासिन्दा हुन् । शवको पहिचान चागई जिल्लाको एक अफगान शरणार्थी शिविर गिर्दी जाङ्गलेका मोहम्मद याह्याको सहयोगमा गरिएको हो ।’’

डनका अनुसार शवलाई क्वेटा लगिएको छ । इरानस्थित प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश अल अदलका प्रमुख नेता मुराद नोटेजाईको हत्याबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका पाँच जना उनीहरू नै हुनसक्ने प्रहरीको अनुमान छ । स्रोतका अनुसार इरानको सिस्तान–बलुचिस्तान क्षेत्रमा सक्रिय उक्त लडाकू समूहले आफ्ना नेताको हत्याको बदलामा ती व्यक्तिहरूलाई अपहरण गरी मृत्युदण्ड दिएको हुन सक्छ । अधिकारीहरूले दलबन्दिनमा फेला परेका पाँच वटा शव हालैको भिडियोमा देखिएका व्यक्तिहरूको हो वा ती असम्बन्धित व्यक्तिहरू हुन् वा फरक–फरक घटनामा मारिएका व्यक्तिहरू हुन् भनेर पत्ता लगाउने काम गरिरहेका छन् । रासस\एएनआई

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...