कोरियामा एक हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि

Published on

काठमाडौं । दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ । यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो ।

समुदायभित्र कोभिड–१९ सङ्क्रमणको सङ्ख्या मूल्याङ्कन गर्न गत वर्षको अप्रिलदेखि केडिसिएले यो प्रविधी प्रयोग गर्दै आएको हो । यो प्रविधिलाई ‘वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी’ भनिन्छ । यो तथ्याङ्क देशभरका ८४ वटा फोहोर पानी प्रशोधन गर्ने उद्योगबाट सङ्कलन गरिएको नमुनामा आधारित छ । “यो परिक्षणको उद्देश्य फोहोर पानीमा कोभिड–१९ विषाणुहरु अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्नु हो जुन हाल बढ्दै गएको छ”, केडिसिएका एक अधिकारीले भन्नुभयो । यसैबिच, दक्षिण कोरियामा भर्खरै अस्पतालमा भर्ना भएका कोभिड–१९ बिरामीहरूको सङ्ख्या अगस्टको दोस्रो हप्तामा एक हजार ३५९ पुगेको छ जुन एकहप्ता अघि ८ सय ७८ थियो । रासस\एएनआई

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...