त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,यात्रुको चाप थेग्नै कठिन

Published on

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा निर्माण भएका दुई वटा विमानस्थलमा नियमित उडान सञ्चालनमा आउन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि यसको असर उडान सुरक्षा, सुरक्षित तथा सहज यात्रा र उडान सुनिश्चिततामा पर्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले विमानस्थलले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप धान्दै छ । बर्सेनि १० देखि १५ प्रतिशतसम्म हवाई यात्रुको चाप बढ्दै गएकाले यसले विमानस्थल सञ्चालन, उडान सुनिश्चितता र सुरक्षामा समेत भार थप्दै लगेको छ ।”

उहाँका अनुसार सन् २०२४ को छ महिनामा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका छन् । अहिलेकै अनुपातमा यात्रुको सङ्ख्या बढ्दै गए यस वर्ष करिब ९५ लाख यात्रुले हवाई सेवा लिने देखिएको छ । उहाँले भन्नुभयो, “चाडबाड र दोस्रो पर्यटकीय सिजन आउन लागेकाले हवाई यात्रुको सङ्ख्या बढ्दै जाने देखिन्छ । यात्रुको हिसाबले यो वर्ष नयाँ रेकर्ड कायम हुन सक्छ ।” उडान चहलपहलले एकातिर विमानस्थल साँघुरो हुँदै गएको छ भने अर्कोतर्फ वार्षिक १० लाखभन्दा बढीले हवाई यात्रुको सङ्ख्या बढ्दै जाँदा जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने उडान सुरक्षा तथा विमानस्थलको सुरक्षामा समेत भार थप्दै लगेको उहाँले बताउनुभयो ।

प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानबाट ८६ लाख ९१ हजारभन्दा बढी यात्रुले हवाई सेवा लिएका थिए, जुन हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो । त्यस्तै सन् २०२२ मा भएका एक लाख ३२ हजार ५१४ उडान अवतरणबाट ७९ लाख ५४ हजार ४९६ यात्रुले ओहोरदोहोर गरेका थिए । सन् २०२१ मा भएका ९२ हजार ९३२ उडान अवतरणबाट ५० लाख ३३ हजार ८७१ यात्रुले हवाई यात्रा गरेका थिए ।कोरोना महामारीअघि सन् २०१९ मा भएका एक लाख २४ हजार २५८ उडान अवतरणबाट ७३ लाख २७ हजार ३१ जनाले हवाई सेवा लिएका थिए । प्राधिकरणका अनुसार यस वर्षको छ महिनामा अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरिसकेका छन् । पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ७६८ उडान अवतरण भएका छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३० वायुसेवा कम्पनी र आन्तरिकतर्फ १२ वटा हेलिकोप्टर कम्पनीसहित नौ वटा वायुसेवा कम्पनीका जहाजले हवाई सेवा दिँदै आएका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...