श्रीमानद्वारा श्रीमतीमाथि खुकुरी प्रहार

Published on

काठमाडौं । मोरङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । मोरङको कानेपोखरी –७ का ३३ वर्षीय हिराधन तामाङले खुकुर प्रहार गर्दा ३० वर्षीया श्रीतमी कविता घाइते हुनुभएको हो । अस्थायी प्रहरी चौकी कानेपोखरीका प्रहरी सहायक निरीक्षक राजेशकुमार श्रेष्ठका अनुसार आइतबार राती १० बजे हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट कविताका दुबै हातका हत्केलामा गहिरो चोट लागेको छ । कविताका हाल विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कविताले खुकुरी रोक्ने क्रममा हातमा गहिरो चोट लागेको इन्चार्ज श्रेष्ठको भनाइ छ ।

छिमेकीहरूका अनुसार झण्डै ११ वर्ष मलेशिया बसेर ६ महिना अघि घर फर्केका तामाङ दम्पत्तिबिच यस अघि पनि सामान्य झगडा भइरहन्थ्यो । श्रीमतीलाई खुकुरी प्रहार गरी भागेका तामाङलाई राती नै पक्राउ गरी इलाका प्रहरी कार्यालय पठाइएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...