गाजा वार्ता युद्धविरामका लागि वार्ता ‘सम्भवतः अन्तिम’ मौका

Published on

काठमाडौं । गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताउनुभएको छ । ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा भन्नुभयो, “यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो । शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालाई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ ।” उहाँले थप्नुभयो, “त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्,सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिनुभएको छ । गाजामा अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको राष्ट्रपति हर्जोगले बताउनुभयो । हर्जोगले ब्लिन्केनलाई भन्नुभयो, “हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन ।” रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...