साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित

Published on

काठमाडौं । साविक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतको जितमा मोनिरुल मोल्लले ३७औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो । उहाँले कर्नरबाट प्राप्त बलमा हेड गोल गर्नुभएको थियो । जितसँगै समूह ‘बी’ मा रहेको भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले समूहको अर्को खेल माल्दिभ्ससँग खेल्नेछ । भारत अघिल्ला तीन संस्करणको विजेता हो । च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...