मगर भाषा र संस्कृति अध्ययन गर्दै मिस मगर

Published on

काठमाडौं । मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृतिसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।

ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनका लागि स्याङ्जाको चित्रेमा अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिनुभयो । नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पुर्‍याउने उद्देश्यले चित्रे गाउँलाई रोजेको बताउनुभयो । एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो । मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...