नेतृत्वले नराम्रा कामको पनि जिम्मेवारी लिनुपर्छ

Published on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ। मंगलबार काठमाडौँमा स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताउनुभयो। उहाँले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी नेतृत्व तहले लिन सक्नुपर्ने बताउनुभयो। उहाँले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षा पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताउनुभयो।

उहाँले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी सबै आवश्यकताको परिपूर्ति गर्न नसकौँला, तर हामीले यो कुराको बोध, महसुस गर्नैपर्छ। आज जति राम्रा काम भएका छन्। ती सबै राम्रा कामको श्रेय मुख्य राजनीतिक पार्टीलाई, राजनीतिक पार्टीका अगुवालाई नै जान्छ। जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु जति पूरा हुनुपर्ने हो भएको छैन। कति कुराहरू समयक्रममा पूरा हुनेछन्। कतिपय अहिले हाम्रो प्रयासले अलि थप पहल हुँदा समाधान हुन्छन्। हामीले यी कुराको जिम्मेवारी लिन तयार हुनुपर्छ। राम्रा कुराको जिम्मेवारी हामीले लिने, अप्रिय कुराहरूको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरू अरू कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन।’’ उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताउनुभयो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...