भियतनाममा बाढीका कारण बालबालिका विद्यालय जानबाट वञ्चित

Published on

काठमाडौं । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।

जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । वर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ । सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १.३ मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ । भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा वर्षाका कारण ११ जनाको मृत्यु हुनुका साथै करिब दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौती सामना गर्नुपर्ने जनाएको छ । परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा पुलहरू वर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय जानका लागि असहज भएको उल्लेख गर्नुभएको छ । बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...