भियतनाममा बाढीका कारण बालबालिका विद्यालय जानबाट वञ्चित

Published on

काठमाडौं । उत्तरी भियतनाममा बाढी र पहिरोले घर र बाली नष्ट गरी यस क्षेत्रलाई अन्य समुदायसँग अलग्गाएपछि हजारौँ बालबालिकाहरू विद्यालयको पहुँचभन्दा टाढा हुन बाध्य भएको एक परोपकारी संस्थाले मङ्गलबार जनाएको छ ।

जुलाईको सुरुदेखि नै परेको भारी वर्षाले र उत्तरपश्चिमका पहाडी क्षेत्रहरू धेरै प्रभावित भएको जनाइएको छ । वर्षाका कारण लगभग २९ हजार घरहरू क्षतिग्रस्त हुनुका साथै ९० हजार हेक्टर बाली नष्ट भएको भियतनामको सामान्य तथ्याङ्क कार्यालयले जनाएको छ । सेभ द चिल्ड्रेनका अनुसार सोन ला प्रान्तमा करिब १.३ मिलियन मानिस प्रभावित भएका छन्, भने बाढीले ग्रामीण इलाकामा पुल र सडकहरू क्षतिग्रस्त भएको जनाएको छ । भियतनामका विपद् अधिकारीहरूका अनुसार यस क्षेत्रमा वर्षाका कारण ११ जनाको मृत्यु हुनुका साथै करिब दुई हजार ६७० घर तथा २९ वटा विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

सेभ द चिल्ड्रेनले सेप्टेम्बरमा विद्यालय फर्किन चार हजार ५०० बालबालिकाले सुरक्षा चुनौती सामना गर्नुपर्ने जनाएको छ । परोपकारी संस्थाका अनुसार सोन ला प्रान्तको एक विद्यालयका प्रिन्सिपल हा कङ मिन्हले विद्यालय जाने बाटो तथा पुलहरू वर्षाका कारण क्षति ग्रस्त भएकाले बालबालिका विद्यालय जानका लागि असहज भएको उल्लेख गर्नुभएको छ । बाढीका कारण वर्षको पहिलो सात महिनामा करिब आठ करोड ५० लाख डलरको क्षति भएको भियतनामको तथ्याङ्क कार्यालयले जनाएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...