साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा

Published on

काठमाडौं । नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार बङ्गलादेशले श्रीलङ्कालाई २-० गोलले हरायो । बङ्गलादेशको जितमा मिराजुल इस्लामले १८औँ र पिएश अहमद नोभाले खेलको अन्तिममा गोल गर्नुभयो । यस नजितासँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । बङ्गलादेशको जितसँगै आयोजक नेपाल र बङ्गलादेश एक खेल अगावै अन्तिम चारमा पुगेका हुन् । दुई खेल हारेको श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेता टोलीको निर्क्योल गर्नेछ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...