ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब विजयी

Published on

काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।

सलहेस युवा क्लबको जितका लागि खेलको ४१औँ मिनेटमा जय गुरुङले गोल गर्न सफल हुनुभएको थियो । गुरुङले गरेको उक्त गोल नै जितका लागि निर्णायक बन्यो । निर्धारित समयावधिभर दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल प्रदर्शन भए पनि पाँचथर भने गोल गर्नमा चुक्न पुग्यो । पाँचथरले हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको छ । यता मङ्गलबारको खेलमा सिराहाको तर्फबाट गोलकर्ता बनेका गुरुङले सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । बुधबारको खेल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा यूथ क्लब मोरङबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङले जितेको छ । पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ को गोलअन्तरले पराजित गर्दै सङ्घर्ष विजयी बनेको हो । यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...