जहाज दुर्घटनामा ज्यान गुमाएकाकाे स्मृतिमा अक्षयकोष स्थापना

Published on

काठमाडौं । जहाज दुर्घटनामा ज्यान गुमाएका राजन र अनिसाको स्मृतिमा बालगृहमा अक्षयकोषको स्थापना गरिएको छ । पोखरा महानगरपालिका–२५ हेम्जाकी सीता सापकोटाले आफ्ना छोरा राजन साप्कोटा र बुहारी अनिसा साप्कोटाको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो। स्याङ्जाको फेदीखोलामा रहेको अमोर सेवा नेपालको बालगृहमा एक लाख ११ हजार १११ को अक्षय कोषको स्थापना गर्नुभएको हो । सीताले बालगृहमा रहेका बालबालिकाहरुको पढाईलाई सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालगृहमा अभिभावकविहिन नानीबाबु छन् उनीहरुको शिक्षामा सहयोग पुगोस् भनेर कोषको स्थापना गरेकी हुँ ।”

बालगृहमा ३४ जना बालबालिकाले आश्रय लिएर बसेका गृहकी आमा कमला पराजुलीले बताउनुभयो । विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा आफूले काम गर्दै आइरहेको उहाँको भनाइ छ । २०७९ साल माघ १ गते पोखरामा भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा परेर राजन र अनिसाको मृत्यु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...