गृहमन्त्री लेखको भनाई

Published on

काठमाडौं , भदौं ५ गते । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण सम्वन्धी ऐन २०५९ लाई संशोधन विधयेकमाथि भएको छलफलमा केही महत्वपूर्ण विषय पहिचान भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशभासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधयेकमाथिको छलफलका क्रममा मन्त्री लेखकले धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रीत दफावार छलफल गरी निष्र्कषमा पुग्नुपर्नेमा जोड दिनुभयो । “ मुलतः उठेका केही महत्वपूर्ण विषय केही पहिचान भएका छन् । यी विषयका पहिचान भइसकेपछि अब सम्मानित समितिले चाँडो भन्दा चाँडो यी विषयहरुका बारेमा दफावार छलफलमा गएर यी विषयहरु जुन\जुन विषयसंग सम्वन्धीत छन् त्यो दफामा निर्णण गरेर निश्र्षकमा पुग्छुपर्छ ।” उहाँले भन्नुभयो–“ दफावार छलफलमा प्रवेश गरेपछि दफा\दफामा छलफल हुँदा सरकारले धारणा राख्छ ।”
उहाँले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरु राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताउनुभयो । “भ्रष्टाचार निवारण सम्वन्धी ऐनको महत्व छ । यो गम्भीर र संवेदनशिल विषय हो ।” उहाँले भन्नुभयो–“ चाँडो भन्दा चाँडो समिति र सभाबाट पनि पारित भएर लागू गर्न सकियोस भन्ने आग्रह गर्दछु ।”
उहाँले हदम्यादको कुरो गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषय के रु भन्ने विषय पनि उठेको धारणा राख्नुभयो ।


अहिलेको प्रचलित संविधान भन्दा पहिलेको संवैधानिक व्यवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलः दुई वटा जिम्मेवारी दिइएको लेखको भनाई थियो । “ सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको छ ।” उहाँले भन्नुभयो–“ भ्रष्टाचार र अनुचित कार्यको विषय राखिएको छ, अहिलेको प्रचलित संविधानमा त्योलाई अलि परिर्वतन गरेर भ्रष्टाचार भएको अवस्थामा भनेर क्षेत्राधिकारमा भ्रष्टाचार राखियो।, अनुचित कार्य अहिलेको संविधानको व्यवस्थामा नभएकाले त्यो अनुचित कार्य को ले हेर्ने त भन्ने विषय प्रर्खर विषय उठेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...