योजनाबिना माविलाई १० लाख भुक्तानी

Published on

काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो । बिनायोजना शिक्षा शाखा र नगर प्रमुखको मिलेमतोमा सो रुपियाँ दिएको पाइएको छ । हाल नगरको आर्थिक लेखा परीक्षणको क्रममा सो विद्यालयलाई सो भुक्तानी गरेको देखिएको हो । नगरका शिक्षा शाखा प्रमुख खेमराज शाहीले एक जना शिक्षकको तलब भुक्तानी गर्दा एक्सलमा मिस्टेक भएर एक सुन्ना थपिदा एक लाख भुक्तानीको सट्टा दश लाख भुक्तानी भएको जिकिर गर्नुभयो । असुलउपर गर्नुपर्ने भए पनि विद्यालयले अहिलेसम्म फिर्ता नगरेकाले अब आगामी तीन–तीन महिनामा सो विद्यालयलाई दिनुपर्ने अनुदानबाट कटौती गरेर असुल गर्दैजाने जबाफ दिनुभयो । शिक्षा शाखा प्रमुख शाहीको यस्तो भनाइले शाखा र नगरप्रमुखकै सल्लाहमा भुक्तानी भएको देखिन्छ ।

अन्नपूर्ण आबिका प्रअ अमरबहादुर शाही नगर प्रमुख धर्मराज शाहीको नातामा सालो पर्नुहुन्छ । बढी भुक्तानी भएको रकम असुलउपर गर्न शाखाले पनि आनाकानी गरेको एक कर्मचारीले बताउनुभयो । कर्मचारीका अनुसार ठेक्कामा पनि सम्झौताभन्दा बढी भुक्तानी दिने, आफ्ना नातेदारलाई यसरी बहाना बनाएर रकम बाँड्ने काम नगर प्रमुखकै इसारामा भइरहेको बताउनुभयो । केही बोलौँ भने निसानामा परिने डर छ । त्यसैले आफ्नो काम गर्ने हो, जाने हो । नगरपालिकाले एकपछि अर्को मनोमानी गरिरहेको कसैले पनि नदेख्ने गरेको कर्मचारीको गुनासो छ । उता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल सार्कीले १० लाख नभएर ९ लाख ४२ हजार बढी भुक्तानी आएको स्वीकार गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सार्की कालाशिल्ला माध्यमिक विद्यालयको पनि लेखापाल हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...