योजनाबिना माविलाई १० लाख भुक्तानी

Published on

काठमाडौं । कालीकोटको रास्कोट नगरपालिकाले एक विद्यालयलाई बिना योजना दश लाख रुपियाँ भुक्तानी दिएको छ । गत असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालय बडरुख सुन्मुलालाई १० लाख रुपियाँ दिएको पाइएको हो । बिनायोजना शिक्षा शाखा र नगर प्रमुखको मिलेमतोमा सो रुपियाँ दिएको पाइएको छ । हाल नगरको आर्थिक लेखा परीक्षणको क्रममा सो विद्यालयलाई सो भुक्तानी गरेको देखिएको हो । नगरका शिक्षा शाखा प्रमुख खेमराज शाहीले एक जना शिक्षकको तलब भुक्तानी गर्दा एक्सलमा मिस्टेक भएर एक सुन्ना थपिदा एक लाख भुक्तानीको सट्टा दश लाख भुक्तानी भएको जिकिर गर्नुभयो । असुलउपर गर्नुपर्ने भए पनि विद्यालयले अहिलेसम्म फिर्ता नगरेकाले अब आगामी तीन–तीन महिनामा सो विद्यालयलाई दिनुपर्ने अनुदानबाट कटौती गरेर असुल गर्दैजाने जबाफ दिनुभयो । शिक्षा शाखा प्रमुख शाहीको यस्तो भनाइले शाखा र नगरप्रमुखकै सल्लाहमा भुक्तानी भएको देखिन्छ ।

अन्नपूर्ण आबिका प्रअ अमरबहादुर शाही नगर प्रमुख धर्मराज शाहीको नातामा सालो पर्नुहुन्छ । बढी भुक्तानी भएको रकम असुलउपर गर्न शाखाले पनि आनाकानी गरेको एक कर्मचारीले बताउनुभयो । कर्मचारीका अनुसार ठेक्कामा पनि सम्झौताभन्दा बढी भुक्तानी दिने, आफ्ना नातेदारलाई यसरी बहाना बनाएर रकम बाँड्ने काम नगर प्रमुखकै इसारामा भइरहेको बताउनुभयो । केही बोलौँ भने निसानामा परिने डर छ । त्यसैले आफ्नो काम गर्ने हो, जाने हो । नगरपालिकाले एकपछि अर्को मनोमानी गरिरहेको कसैले पनि नदेख्ने गरेको कर्मचारीको गुनासो छ । उता माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल सार्कीले १० लाख नभएर ९ लाख ४२ हजार बढी भुक्तानी आएको स्वीकार गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सार्की कालाशिल्ला माध्यमिक विद्यालयको पनि लेखापाल हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...