मानवअधिकार उल्लङ्घनको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको टोली बङ्गलादेशमा

Published on

काठमाडौं । शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने विद्यार्थी नेतृत्वको प्रदर्शनका क्रममा भएका कथित मानवअधिकार उल्लङ्घनको अध्ययन गर्न संयुक्त राष्ट्रसङ्घको एक टोली बिहीबार बङ्गलादेश पुगेको छ । एक महिनाभन्दा बढी चलेको विद्यार्थी आन्दोलनमा व्यापक जन सहभागिता देखिएपछि गत अगष्ट ५ मा पूर्व प्रधानमन्त्री हसिना हेलिकोप्टरबाट भागेर छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । उहाँको राजीनामाको जानकारी बङ्गलादेशका सेना प्रमुखले दिँदै देशले छिट्टै अन्तरिम सरकार गठन गर्ने बताउनुभएको थियो । आन्दोलनका क्रममा ४५० जनाभन्दा बढीको मृत्यु भएको थियो भने अधिकांशले प्रहरीको गोली लागि वा बल प्रयोगका कारण ज्यान गुमाएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा प्रदर्शनका क्रममा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत रहेको र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो । “कथित उल्लङ्घनमा गैरन्यायिक हत्या, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, बलपूर्वक बेपत्ता पार्ने, यातना र दुर्व्यवहारका घटनासमेत समावेश छन्,” विज्ञप्तिमा भनिएको छ । मानव अधिकार कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अब बङ्गलादेशमा उच्च स्तरीय समूहले ’मानव अधिकार उल्लङ्घनको अनुसन्धानको खाका’ तयार गर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घको ढाकास्थित कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छलफलका आधारमा आगामी हप्ताहरूमा अनुसन्धानका लागि छुट्टै तथ्य पत्ता लगाउने टोली परिचालन गर्न सकिन्छ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि व्यापक दुर्व्यवहार गरेको आरोप लागेको थियो, जसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश थियो । हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथि तीन पटक ‘सामूहिक हत्या’ को अनुसन्धान सुरु गरेको छ । यी तीनवटै मुद्दा निजी व्यक्तिले ल्याएका हुन् र हसिनाका केही पूर्व उच्च सहयोगीहरूको पनि नाम लिइएको छ । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...