अमेरिकी उपराष्ट्रपतीय निर्वाचन : वाल्जद्वारा पार्टीमा उम्मेदवारी दर्ता

Published on

काठमाडौं । डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनीत वाल्जले पार्टीको अधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा उम्मेदवारीको प्रक्रियालाई अगाडि बढाउन सहमति जनाउनुभएको हो । वाल्जले शिकागोमा डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा भन्नुभयो, “संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपतिका लागि तपाईंको मनोनयन स्वीकार गर्न पाउनु मेरो जीवनको सम्मान हो । हामी यो देशलाई माया गर्छौँ । त्यसैले त हामी सबै आज यति राति यहाँ एउटा सुन्दर र सरल कारणको लागि भेला भएका छौँ ।” उपराष्ट्रपति पदका लागि तुलनात्मक रूपमा चर्चा नपाएका मिनेसोटाका गभर्नरले डोनाल्ड ट्रम्पविरुद्ध ह्यारिसको बढ्दो अभियानमा शिकागोको युनाइटेड सेन्टरमा गरिएको उहाँको सम्बोधनले चामत्कारिक मध्यपश्चिमी माहोल ल्याएको छ ।

बिहीबार ह्यारिसको राष्ट्रपतिको उम्मेदवारीले औपचारिकता पाउने भव्य समारोहभन्दा पहिले मञ्च लिँदै, पूर्व शिक्षक तथा राष्ट्रिय सैन्य सुरक्षा अधिकारी वाल्जले एक भाषणमा आफ्नो जीवनकथालाई रेखाङ्कन गरेको र अमेरिकीहरूको स्वतन्त्रताको रक्षा र भविष्यको निर्माणमा ध्यान केन्द्रित गर्न सफल भएको छ । डेमोक्र्याटिक पार्टीको अधिवेशन सम्बोधनको १२ औँ सदस्य बन्नुभएका भीडलाई खुसी तुल्याएका पूर्वराष्ट्रपति बिल क्लिन्टनले ह्यारिसले वाल्जलाई आफ्नो ‘रनिङ मेट’ को रूपमा चयन गरेर चर्चाको चुलीमा ल्याएको बताउनुभएको थियो । क्लिन्टनले भन्नुभयो, “निर्वाचनमा होमिएका दुई जना नेतासँग सबै अमेरिकीका अझै पनि असम्भव जीवनकथाहरू छन् । यो यहाँ मात्र हुन सक्छ ।”

“यदि तपाईंले यो टोलीलाई मतदान गरी निर्वाचित गराए उहाँहरूले निर्वाचनमा मात्र सफलता पाउने नभई यसबाट तपाईंलाई आफ्नो बाँकी जीवनको लागि गर्व गर्ने अवसर मिल्नेछ ।” राष्ट्रपति जो बाइडेनले जुलाई २१ मा पुनः निर्वाचनको उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिको उम्मेदवारीमा अघि सारिएका डेमोक्र्याटिक नेता ह्यारिसको अधिवेशनको अन्त्यमा हुने बिहीबारको भाषणका विषयवस्तुको छनोट र व्यवस्थापन पनि गर्नुहुनेछ । मङ्गलबार डेमोक्र्याटिक सुपरस्टार तथा पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेलले बाइडेनको भावनात्मक भाषणपछि बोल्दै राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपतिलाई दिशानिर्देश गर्ने ‘टर्च’ हस्तान्तरण गरेको बताउनुभएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...