भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने

Published on

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका शिलशिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्याक्रम रहेको छ । रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहनुभएको छ । मोदीले आफ्नो भ्रमणअघि भन्नुभएको थियो, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनर्स्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।

उहाँ युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ ।

रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढि असम्भव देखिएको छ । युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहसन्छ वा हुँदैन स्पष्ट छैन । मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताउनुभयो ।

युक्रेन प्रस्थान गर्नुअघि उहाँ बिहीबार पोल्याण्ड पुग्नुभएको थियो ।

“एक मित्र र साझेदारको रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,” मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा भन्नुभएको छ । जेलेन्स्कीले मोदीसँगको भेटमा ‘धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताउनुभएको छ ।

भारतीय कूटनीति
भारत र रूसबिच ऐतिहासिक रूपमा न्यानो सम्बन्ध भए तापनि भारतले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारीलाई पनि बलियो बनाएको छ । नयाँदिल्लीले सन् २०२२ मा रूसले गरेको आक्रमणको स्पष्ट निन्दा गरेको छैन भने क्रेमलिनको आलोचना गर्ने संयुक्त राष्ट्रसङ्घको प्रस्तावमा अनुपस्थित भएको थियो । तर, भारतले दुवै पक्षलाई प्रत्यक्ष वार्ताको माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

तर शान्ति सम्झौता पहिलेको भन्दा अहिले धेरै टाढा देखिन्छ ।

युक्रेनले सन् २०२२ मा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको थियो भने मस्कोले हालै रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आश्चर्यजनक रूपमा जवाफी आक्रमणका बीच किएभसँग वार्ता नगर्ने बताएको थियो । रूसी नेता भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा वार्ताको पूर्वशर्तका रूपमा किएभलाई मस्कोले कब्जा गरेको दाबी गरिएका युक्रेनका चार क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन माग गर्नुभएको थियो । किएभका अनुसार अस्थायी रूपमा लडाईं रोकिएमा मस्कोले भविष्यमा हुने कुनै पनि आक्रमणका लागि पुनः सङ्गठित हुन र पुनः आक्रमण गर्न समय दिनेछ । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...