आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा सेवा सुरु

Published on

काठमाडौं । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र तम्घासमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा यस आँखा उपचार केन्द्रबाट पनि सुरु गर्न लागिएको बताइएको छ ।

स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै आँखा उपचार केन्द्रले साउन १२ गतेदेखि २० प्रतिशत सह–भुक्तानीमा स्वास्थ्य बिमा सेवा सुरु गरेको हो । स्वास्थ्य बिमा सेवाअन्तर्गत सेवाग्राहीले बीमा बोर्डको नियमअनुसार २० प्रतिशत सहभुक्तानी पनि गर्नुपर्ने तर लक्षित समूहलाई भने सह–भुक्तानी पनि नलाग्ने केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताउनुभयो । स्वास्थ्य बिमा सुरु भएसँगै उपचार सेवा लिनेको सङ्ख्या बढ्ने आँकलन गरिएको छ । हाल जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा विन्दु मानेका नागरिकले रेफर बिना नै सेवा प्राप्त गर्न सक्ने केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले बताउनुभयो ।

निःशुल्क शल्यक्रियाका लागि यस अघि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र स्वास्थ्य बिमा गरेका नागरिकका लागि सह–भुक्तानीको २० प्रतिशत रकम पालिकाबाटै बेहोरिने भएको नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनुभयो । आँखा उपचार केन्द्रमा नाम दर्ता, ओपिडि सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिने नेपाल नेत्रज्योति संघका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...