ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।

बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा बाटोमा ढुङ्गाले लागेर मृत्यु भएको थियो । घरबाट विद्यालय पुग्न झन्डै २ घण्टा लाग्ने वडा अध्यक्ष फुलबहादुर बोम्जनले जानकारी दिनुभयो । दिदी र साथीहरूसँग घर फर्किँदै गरेकी थिङको टाउको र खुट्टामा चोट लागेको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । इलाका प्रहरी कार्यालय फापरबारीमा प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...