ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

Published on

काठमाडौं । पूर्वी मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किँदै गर्दा बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुङ्गाले लागेर ८ वर्षीया सुष्मा थिङको मृत्यु भएको हो ।

बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा बाटोमा ढुङ्गाले लागेर मृत्यु भएको थियो । घरबाट विद्यालय पुग्न झन्डै २ घण्टा लाग्ने वडा अध्यक्ष फुलबहादुर बोम्जनले जानकारी दिनुभयो । दिदी र साथीहरूसँग घर फर्किँदै गरेकी थिङको टाउको र खुट्टामा चोट लागेको थियो । बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । इलाका प्रहरी कार्यालय फापरबारीमा प्रहरी निरीक्षक सहितको टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...