पनौतीको सङ्कटा मन्दिर

Published on

काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका ७ मा अवस्थित अर्थात् पनौती बजारदेखि दक्षिण लिलावती नदीको किनार वा सडकको बायांतर्फ अवस्थित रहेको छ।

उत्तराभिमुख भएको यस मन्दिरको भित्र रहेको मध्य भागको मूर्तिलाई सङ्कटाको मूर्ति मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। यस सङ्कटाको मूर्तिको दायाँ र बायाँ अन्य विभिन्न देव देवताहरुको मूर्तिहरू समेत रहेको छ। यस मन्दिरमा फागुन पूर्णिमाका दिन मेला समेत लाग्ने गर्दछ। यो मन्दिर पनौतीको प्रख्यात एवं प्राचीन मन्दिर इन्द्रेश्वर मन्दिरको केही दूरीमा खेतमा रहेको छ भने सङ्कटा मन्दिरको पूर्वमा भीमसेन स्थान र यलाच्छे टोलमा गुह्येश्वरीको मन्दिर रहेको छ। सङ्कटादेवीको उत्पत्तिको सम्बन्धमा स्वस्थानी ब्रतकथा अनुसार यस शक्तिपिठमा सतीदेवीको शिर पतन भएको ठाउँ भनेर पनि मानिएको छ। यस देवीको पूजा अर्चना गर्नाले बाक्सध्दी हुने वर्णन समेत गरिएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...