बिरामी बोकेको एम्बुलेन्समा आगलागी

Published on

काठमाडौं । स्याङ्जाको वालिङबाट बिरामी बोकेर पोखरातर्फ गइरहेको एम्बुलेन्समा गएराति आगलागी भएको छ । बिरामी बोकेर पोखरा जाँदै गरेको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा पुतलीबजार नगरपालिका–११ करेन्डाँडामा पुग्दा आगो लागेको हो । एम्बुलेन्समा आगो लागेपछि बिरामीलाई तत्काल बाहिर निकालेको एम्बुलेन्स चालक देवप्रसाद रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “एम्बुलेन्स चलिरहेको बेला गन्ध आयो र तत्काल हेर्दा मेरो बायाँतर्फ रहेको कागजात राख्ने बक्सबाट आगो बाहिर निस्कियो हामी अत्तालिँदै गाडीबाट बाहिर निस्कियौँ र ज्यान बचायौँ ।”

आफू विगत चार वर्षदेखि सो एम्बुलेन्स चलाउँदै आएको रेग्मीको भनाइ छ । वालिङको गह्रौँ प्राथमिक अस्पतालको मातहतमा रहेको सो एम्बुलेन्स टाटा कम्पनीको रहेको र २०१५ मोडल भएको अस्पतालका प्रतिनिधिहरूले जनाएका छन् । एम्बुलेन्समा कसरी आगलागी भयो भन्नेबारे बुझ्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी उदय पौडेलले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...