पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनु पर्छ : मन्त्री भट्टराई

Published on

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालयको संरक्षण, प्रवर्धन र पठन संस्कृति विकासका लागि राज्यले दायित्व लिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा शनिबार सत्रौँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री भट्टराईले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन अभाव रहेको उल्लेख गर्दै कानुन बनाउन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भट्टराईले भन्नुभयो, “पुस्तकालय विकासका लागि ऐन, नीति, नियम आवश्यक पर्छ । शिक्षा मन्त्रालयले २०६४ को पुस्तक नीति परिमार्जन गर्न प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ ।” अहिले पुस्तकालय पुस्तकमा मात्रै सीमित नरहेको भन्दै उहाँले विद्युतीय पुस्तकालय विकास गरी विश्व स्तरको पुस्तक अध्ययन गर्ने वातावारण निर्माण गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री भट्टराईले कानुन र नीतिगत व्यवस्थापनपछि पुस्तकालयको स्रोत व्यवस्थापन गर्न सहज हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मीना डल्लाकोटीलाई उत्कृष्ट पुस्तकालयकर्मी र पुस्तकालय अभियन्ता मीना थापा गिरीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । यस्तै पर्वतको खानीगाउँमा २०१६ सालमा स्थापना भएको ‘मोती सामुदायिक पुस्तकालय’ फलेवासलाई मुलुकभरका सामुदायिक र निजी पुस्तकालयमध्येबाट उत्कृष्ट घोषणा गरिएको छ । बानेश्वरस्थित रत्न पुस्तकालयलाई ‘लक्ष्मीप्रसाद देवकोटा स्मृति’ सम्मान प्रदान गरिएको छ । उक्त सम्मानको राशि ५० हजार रुपियाँ नगद रहेको छ । कार्यक्रममा शिक्षामन्त्री भट्टराईले उक्त सम्मान तथा पुरस्कार वितरण गर्नुभएको हो । कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवा आकलन गर्दै भाबी पुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...