माओवादीप्रति जनतामा फेरि विश्वास बढेको छ : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामहरुले गर्दा जनतामा माओवादीप्रति फेरी विश्वास बढाउने काम गरेको बताउनुभयो । उहाँले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठुलो विश्वास गरेर अपार समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा बिचमा जनसमर्थन घटेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सानो समयमा भ्रष्टाचार निवारण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकोले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताउनुभयो । उहाँले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशा जागृत गरिएको पनि स्पष्ट पार्नुभयो । सोही कारणले अब माओवादीलाई कसैको वैशाखी नचाहिएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ सालमा एक्लै निर्वाचनमा सहभागी हुने र कसैले नसोचेको परिणाम ल्याउने उद्घोष गर्नुभयो ।

वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीहरुले बनाएको असंवैधानिक सरकार भएको दाबी गर्दै उहाँले आफ्नो सरकारले गरेको भ्रष्टाचारविरुद्धको अभियानबाट अत्तालिएर बिचौलियाहरुले यो सरकार गठन गराएकोले यसको आयु पनि धेरै लामो नभएको दाबी गर्नुभयो । माओवादी पार्टी फुट्न थाल्यो र जनार्दन शर्माले पार्टी फुटाउन थाले भनेर देशभरि वाहियात हल्ला चलाइएको जनाउँदै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकले पार्टीलाई एक ढिक्का गरेर त्यस्तो हल्ला मचाउनेहरुलाई कडा जवाफ दिइसकेको प्रष्ट पार्नुभयो । आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामका बारेमा शहीद परिवार, अङ्गभङ्ग भएकाका परिवार, तत्कालिन जनसेनाका परिवार र जनताको घर दैलोमा पुगेर प्रष्ट रुपमा जानकारी गराउन अध्यक्ष प्रचण्डले जिल्ला नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले बाँके जिल्ला मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकोले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवाहरुलाई स्थापित गर्न जिल्ला नेतृत्व र केन्द्रबाट खटिएका नेताहरुलाई निर्देशन दिनुभयो । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, नेतृ पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी, पूर्व मन्त्री बलदेव शर्मा, महेश्वर गहतराज अथकलगायतको उपस्थिति थियो । गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...