दुर्घटना भएको सवारी साधनबाट घरेलु मदिरा बरामद

Published on

काठमाडौं । तनहुँमा दुर्घटना भएको सवारी साधनबाट ठुलो परिमाणमा घरेलु मदिरा आइतबार बिहान बरामद भएको छ।

तनहुँको ऋषिङबाट दमौली आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिपबाट ल्याइएको घरेलु मदिरा दुर्घटनास्थल ऋषिङ गाउँपालिका–१ ठाँटीमा प्रहरीले आइतबार बरामद गरेको हो । ३० वटा ग्यालिनमा राखिएको चार सय लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। घरेलु मदिरा ल्याउने सवारी धनी पदम रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।दुर्घटना भएपछि मदिरालाई दुर्घटना स्थल नजिककै जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...