गाजा बन्धकको समर्थनमा सोमबार इजरायलमा ‘पूर्ण हडताल’ को आदेश

Published on

काठमाडौं । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा सोमबार ‘पूर्ण हडताल’ को आदेश दिएका छन् । उनले छ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइलाई सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे । “हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु”, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले आइतबार विज्ञप्ति जारी गर्दै भन्नुभयो, “भोलि बिहान छ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ ।” हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उहाँले बताउनुभयो ।

“हामी सम्झौतामा पुग्न आवश्यक छ, यस्तो सम्झौता जुन कुनै पनि अन्य चिजभन्दा धेरै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “राजनीतिक कारणहरूले कुनै पनि सम्झौता अगाडि बढ्न सकिरहेका छैनन् र यो अस्वीकार्य छ ।” यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा छ बन्धकको शव फेला पारेको बताएको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...