तिज र तिज गीतको सान्दर्भिकता बारे बहस

Published on

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (काव्य र पद्य) विभागले सोमबार ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो । उहाँले पितृसत्ताबाट उत्पीडनमा परेका महिलाहरु एकआपसमा भेला भएर सातरआठ हजार वर्षदेखि तिज मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो।, ‘‘पितृसत्ताविरुद्ध महिलाहरु तिज पर्वमा गीतसङ्गीतको माध्यमबाट प्रस्तुत भएर विद्रोह गर्दै आएका छन् ।यसलाई नारी मुक्तिको विद्रोहसँग जोडेर हेर्नुपर्दछ । सांस्कृतिक पर्व तिजको मौलिकता अहिले दलाल पुँजीवादको प्रभावमा फसेकोले चिन्ता लागेको छ ।’’

यस्तै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा। धनप्रसाद सुवेदीले महिलाहरुको महान् पर्व तिजले नारीबिच एकाआपसमा भेला भई सुख दुःख ,अभाव र उत्पीडनलाई व्यक्त गर्ने पर्व तिज भएको बताउनुभयो । उहाँले तिजका नाममा देखा परेका अशोभनीय तडकभडक प्रति सबै सजग रहनुपर्ने सुझाव पनि दिनुभयो । प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य ९काव्य र पद्य० विभाग प्रमुख बाबा बस्नेतले तिज पुरातन संस्कृति र परम्परामा आधारित भएपनि समयसापेक्ष नवीनशैली देखापरेको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत तिज पर्व व्यापक भइसकेकोले यसको मौलिकता र सांस्कृतिक मूल्यलाई संरक्षण गर्नु नेपालीको दायित्व भएको बताउनुभयो । कार्यक्रममा अवधारणापत्र प्रस्तोता सुधा मैनानीले ‘बदलिँदो परिवेशमा तिज र तिज गीतको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले तिज र तिज गीतको परिचय, स्वरूप, समावेशीकरण, समाजशास्त्रीय दृष्टिकोण र तिजको भाषिक दृष्टिकोण लगायतका विषयमा अवधारणापत्र केन्द्रीत गर्नुभएको थियो ।

उहाँले अवधारणापत्र प्रस्तुत गर्दै महिलाको भाषिक आवाज आफ्नै भाषामा बुलन्द बनाउने विषयहरु तिज गीतमा समावेश हुनुपर्ने उल्लेख गर्नुभयो । ‘‘तिज गीत जीवनको वास्तविक अर्थ खोज्ने र महिला स्वतन्त्रता, विकास र समृद्धिका लागि चेतना छरी, महिला र पुरुषको समान सत्ता निर्माण गर्न सक्ने हुनुपर्छ । जसले महिलालाई हेर्ने हेपाहा दृष्टिकोण र घृणित सामाजिक अपराधले भरिएको कठघराबाट बाहिरी स्वतन्त्र दुनियाँमा ल्याउन सक्नुपर्छ ।’’ उक्त अवधारणा पत्रमाथि पूरक टिप्पणी राख्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्राडा। ज्ञानु पाण्डेले विद्यमान विश्वास र परम्पराले गाँजेको तिज पर्वलाई अब महिलाले मौलिक संस्कृति प्रति सचेत रहँदै विद्रोही स्वर दिनुपर्ने बताउनुभएको थियो । अर्का पूरक टिप्पणीकार सोमप्रसाद गड्तौलाले तिज पर्वलाई राम्रोसँग बुझ्न शिव महापुराणुको अध्ययन गर्नुपर्ने र तिजका नाममा देखापरेका विकृतपक्ष चिन्ताको विषय भएको बताउनुभयो । कार्यक्रममा सहभागीका तर्फबाट नाछिरिङ, प्रभा बराल, देवकी तिमल्सिना र तारा बरालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...