ठिकठाक ‘स्त्री २’

Published on

काठमाडौं । छ वर्षअघि २०१८ मा प्रदर्शन भएको चलचित्र ‘स्त्री’ र २०२४ मा प्रदर्शनमा आएको ‘स्त्री २’ खासै भिन्नता देखिँदैन । पहिलो स्त्रीमा नायिकाले गाउँलाई तर्साइरहेकी थिइन् । यस पटक एउटा टाउको काटिएको आदमखोर जस्तो मान्छेले गाउँलेलाई त्रसित बनाइरहेको छ । अमर कौशिक निर्देशित यी दुवै चलचित्रमा कलाकार पनि खासै फेरिएका छैनन् । राजकुमार राव, श्रद्धा कपुर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पङ्कज त्रिपाठी पुरानै अनुहार हुन् । अहिलेको कथामा गाउँलाई आतङ्कित बनाउन एउटा पात्रलाई उभ्याइएको छ र चलचित्र त्यही पात्र वरपर घुम्छ ।

पहिलो भागमा महिलाको बिदाइ भएको थियो । यसमा चन्देरीका गाउँलेबाट एउटा गल्ती भएको देखाइन्छ । पहिलो भागको कथामा महिला भुतले गाउँमा पुरुषलाई खोज्ने गर्थे । यसमा चन्देरीमा टाउको काटिएको भुतबाट युवती शोषणको सिकार हुने गरेका छन् । यस पटक चलचित्रमा भयानक टाउको काटिएको पात्रको कथामा चलचित्र बनेको छ । टाउको काटिएका भयानक मान्छेको अन्त्य कसरी हुन्छ रु नायिका कपुरले कसरी बिक्की एन्ड कम्पनीलाई मद्दत गर्छिन् रु यी प्रश्नको जवाफ खोज्ने क्रममा चलचित्रको कथा अनेकन मोडमा घुमाइन्छ ।

यति हुँदाहुँदै पनि चलचित्रमा दर्शकलाई मनोरञ्जन दिनका निम्ति हाँसो र हररको रमाइलो मिश्रण मिसाइएको छ । मध्यान्तरसम्म चलचित्रले खासै गति समात्न नसके पनि हाँसो र हाफ बिक्की र कम्पनीको गतिविधिले दर्शकलाई गुदगुदी बनाउँछ । मध्यान्तरपछि अमर कौशिक केही अलमलमा पर्छन् । निर्देशक कौशिकले आफ्नो निर्देशनमा पूर्ण रूपमा उत्कृष्टता देखाएका छन् । कथाको सुरुवात अलि आतङ्कित लागे पनि चलचित्र अघि बढ्दै जाँदा यसले दर्शकलाई आफ्नो डरलाग्दो र रहस्यमय वातावरणमा तान्छ । लेखक निरेन भट्टले कथामा पितृसत्ताविरुद्ध गहिरो सन्देश दिएका छन्, जसले मनोरञ्जनका बिचमा सोच्न बाध्य पार्छ ।

‘स्त्री’ बाट आफ्नो छुट्टै पहिचान बनाएकी श्रद्धा कपुर चलचित्रको मुख्य आकर्षण हुन् । उनको उपस्थितिले चलचित्रको हरेक दृश्यलाई अझ राम्रो बनाएको छ । राजकुमार रावले बिक्कीको चरित्रलाई नयाँ शैलीमा प्रस्तुत गरेका छन्, जसले उनको करियरमा अर्को सफलता थपेको छ । अपारशक्ति खुराना र अभिषेक बनर्जीले आफ्नो भूमिकामा जीवन्तता ल्याएका छन्, जबकि पङ्कज त्रिपाठीको परिचित शैलीले दर्शकलाई व्यस्त बनाउँछ । वरुण धवन र अक्षय कुमारको छोटो अभिनयले चलचित्रको ठुलै रहस्यलाई उजागर गराउँछ, जसले चलचित्रको कथालाई अझ रोमाञ्चक बनाउने काम गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...