सामूहिक कोदो खेती

Published on

काठमाडौं । वराहक्षेत्र नगरको सूर्यकुण्ड, चियाबारी, धापागाउँ क्षेत्रका किसान समूहमा कोदो खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेपछि किसान समूहमा कोदो खेती गर्न थालेका हुन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ क्षेत्रमा रैथाने बाली प्रवर्धन कार्यक्रम एक वर्षदेखि जारी छ । स्थानीय कुलुङ कृषक समूहको अगुवाइमा कोदो खेती हुँदै आएको समूहका सल्लाहकार अर्जुन कुलुङले बताउनुभयो । उहाँका अनुसार भदौको सुरुवातसँगै कोदो रोप्न थालिएको छ । कोदो खेतीका लागि हावापानी राम्रो रहेको सूर्यकुण्ड, धापागाउँ, चियाबारी क्षेत्रमा किसानले कोदो रोप्दै आएका छन् ।

कोदो खेतीका लागि नर्सरी व्यवस्थापनदेखि मल खाद्य व्यवस्थापन र कोदो बालीमा लाग्ने रोग, किरालगायत कोदो बालीसम्बन्धी जानकारी पाएका किसानले व्यावसायिक रूपमै कोदो खेती गर्न थालेका हुन् । घरमा खानका लागि मात्रै कोदो खेती गर्दै आएका किसानले कोदोबाट राम्रै फाइदा हुने भएपछि खेतीलाई बढाउन लगेको ‘हाम्रो कुलुङ गाउँ कृषक समूह’ का सचिव तपेन्द्र राईले बताउनुभयो । उहाँका अनुसार १० बिघा क्षेत्रफलमा कोदो रोप्न सुरु गरिएको छ । गत वर्ष पाँच बिघा क्षेत्रफलमा मात्रै कोदो खेती गरिएको थियो ।

ज्ञान केन्द्र सुनसरीले गत आव २०८०\८१ को वार्षिक कार्यक्रम अनुसार वराहक्षेत्र–१, चियाबारीमा रहेको हाम्रो कुलुङगाउँ कृषक समूहमार्फत रैथाने कोदो बाली प्रवर्धन कार्यक्रम सुरु गरेको थियो । कृषि ज्ञान केन्द्र सुनसरीले कृषक समूहलाई मिनि ट्रिलर दुई थान, रोग किरा नियन्त्रण गर्न सात थान स्प्रे ट्याङ्की, मल्टी क्रप थ्रेसर एक थान, मिनी कम्बाइन मिल एक थान, प्याकेजिङ प्लास्टिक ब्याग ७५ प्रतिशत र कृषक समूहको २५ प्रतिशत लागत सहभागितामा किसानलाई सामग्री उपलब्ध गराएको थियो । कृषक समूहले उत्पादन गरेको कोदोबाट पिठो ब्रान्डिङ गरी बिक्रीवितरणमा सहजताका लागि कृषक समूहलाई आवश्यक सामग्री दिइएको समूहका सचिव तपेन्द्र राईले बताउनुभयो । माग बढेसँगै सुनसरीमा पछिल्लो समय रैथाने बाली कोदो, फापर, छिर्केमिर्के सिमी, मिठे र तितेफापर, लोकल मकै, जौ, लट्टेजस्ता बालीको संरक्षण गर्न थालिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...