बेवारिसे अवस्थामा महिलाको शव फेला

Published on

काठमाडौं । मकवानपुर बागमती गाउँपालिका ४ चौरादोभानस्थित बागमती नदीको बिच बगरमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार नाम, थर र ठेगाना नखुलेको करिब २४÷२५ वर्षीया महिलाको शव सोमबार साँझ फेला परेको हो । लास घोप्टो अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको प्रहरी टोलीले घटनास्थल र शवको जाँच मुचुल्का गरी आवश्यक कारबाहीका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...