अट्वारी पर्वमा दुई दिन बिदा

Published on

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका छन् । अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले २३ गते सार्वजनिक बिदा दिएका कारण कार्यपालिकाको बैठकले २४ गते थप एक दिन बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र जोशीले बताउनुभयो ।

सम्पूर्ण सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्थामा बिदा दिइएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । पश्चिम तराईबासी थारू समुदायका मानिसले धुमधामका साथ अट्वारी पर्व मनाउँदै आएका छन् । यस पर्वमा थारू पुरुषले व्रत बस्ने गर्छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...