न्यायको पखाईमा सहिद शाहका परिवार

Published on

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा आयोजित स्मृति सभामा बोल्ने अधिकांश वक्ताहरुले सहिदका परिवारले न्याय नपाएको गुनासो गरेका छन् । स्वर्गीय शाहको श्रीमती तुला कुमारी शाहले न्यायको पर्खाईमै ३० वर्ष बितेको बताउनुभयो । श्रीमान् मृत्युपछि परिवारको बिचल्ली भएको बताउनुहुँदै उहाँले श्रीमानको हत्या गर्नेहरुलाई कारबाही नभएको, जनयुद्धको नाममा फरार भएको र राज्यबाट हालसम्म राहत नपाएको गुनासो गर्नुभयो ।

शाहको २०५१ साल भदौ १७ गते तत्कालीन सिम्ली गाविसको सुलिहालेमा तत्कालीन माओवादीबाट हत्या भएको थियो । खोलागाउँ गाविस अध्यक्ष तथा जिल्ला विकास समितिका सदस्य शाह कामको सिलसिलामा जिल्ला सदरमुकाम जाँदै गर्दा बाटोमै हत्या भएको थियो । नेपाली कांग्रेस रुकुमपश्चिमका उपसभापति हर्क सिं खत्रीले माओवादीले जनयुद्ध सुरु अघि चलाएको सिस्ने जलजला ९सिज० अभियानको क्रममा गणेश शाहको घाँटी रेटेर हत्या गरेको तर हालसम्म पनि न्याय नपाएको बताउनुभयो । सरकार र बिद्रोही माओवादी बिच विस्तृत शान्ति सम्झौता हुँदा २०५२ साल फाुगन १ गते यताका घटनालाई मात्रै द्वन्द्वकालीन घटना मान्ने भनेर उल्लेख गरिएपछि मृतक शाहको परिवारले राहत पाउनबाट बञ्चित भएको उहाँको भनाइ छ ।

‘‘न त हत्यारा पक्राउ परेर कारबाही भयो, न मृतकका परिवारलाई उचित राहत दिने काम भयो,’’ उपसभापति खत्रीले भन्नुभयो, ‘‘सहिदका परिवारलाई ३० वर्षसम्म अन्याय भइरहेको छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य यदुकुमार आचार्यले मान्छे मारेर विचारको हत्या गर्न खोज्नु अपराधिक मानसिकता र मूर्खता भएकाले गणेश शाहको विचार र बाटो असल र अमर रहेको बताउनुभयो । उहाँले मृतकका परिवारलाई न्यायका लागि माग गर्नुभयो । चौरजहारी नगर समितिका सभापति प्रेमबहादुर ओलीले हत्या र हिंसाको बाटोले कसैको पनि भलो नहुने र विचार मार्न नसकिने उल्लेख गर्नुभयो । वैचारिक आस्थाकै आधारमा हत्या गरिएका गणेश शाहको परिवार तीन दशकसम्म न्यायको खोजीमा भौतारिनुपर्ने अवस्था आउनु भनेको कानुनी राज्य माथिको उपहास भएको उहाँको भनाइ छ ।

शाहको हत्यापछि सरकारले सहिद घोषणा गरेको थियो भने शान्ति तथा पुनर्निर्माण मन्त्रालयले तयार पारेको द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरुको सूचीमा पनि उहाँको नाम समावेश छ । तर उहाँको परिवारले मृतकका परिवारले पाउने राहतबाट भने बञ्चित भइरहेको छ । राहतका लागि जिल्ला र केन्द्रसम्म धाउँदा धाउँदा पनि मृतकका परिवारलाई वेवास्ता गरिएको गुनासो रहेको छ । नेपाली कांग्रेस चौरजहारी नगरपालिका वडा नम्वर ११ का सभापति खिमबहादुर ओलीले हरेक वर्ष शाहको स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । अब उहाँको नाममा स्मृति प्रतिष्ठान बनाएर विभिन्न कार्यहरु गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...