श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द

Published on

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ ।

वर्षाका कारण मङ्गलबारका लागि तय भएको पहिलो अभ्यास खेल टस समेत हुन नसकी रद्द भएको हो । नेपाली टोलीले अब बुधबार र शुक्रबार अध्यास खेल खेल्नेछ । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो । श्रीलङ्का भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा पनि गरेको छ । टोलीमा रोहितसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ ।

श्रीलङ्काको अभ्यास पनि नेपालले क्यानडामा हुने विश्वकप लिग–२ का लागि अन्तिम टोलीको घोषणा गर्नेछ ।

spot_img

ताजा समाचार

एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित...

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत...

धरान–१३ मा पिकअप दुर्घटना: एक युवकको मृत्यु, ११ जना घाइते

काठमाडौं । धरान उपमहानगरपालिका–१३ स्थित गोर्खा वेल्फेयर मोड नजिक शनिबार राति भएको पिकअप दुर्घटनामा...