पलेशालाई भव्य स्वागतको तयारी

Published on

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पारा ओलम्पिकमा पदक प्राप्त गर्न सफल खेलाडी पलेशा गोवर्धनलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा सहभागि भएर पलेशा बुधबार बिहान स्वदेश फर्कदै हुनुहुन्छ । राखेपले पलेशासहित पारा टोलीको स्वागतको तयारी गरेको हो । राखेपले पलेशालाई त्रिभुवन विमानस्थलदेखि काठमाडौँ शहर परिक्रमा गराएर राखेप परिसरमा स्वागत गर्न लागेको जनाएको छ ।

पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले हराउँदै काँस्य जित्नुभएको हो । सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आए पनि पदकविहीन थियो । पेरिस पारा ओलम्पिकमा पलेशाले हात पारेको उपलब्धिले सिङ्गो देशलाई गौरवान्वित बनाएकोले भव्य स्वागतको तयारी गरिएको पनि राखेपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...