चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

Published on

काठमाडौं । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज्न थालेका छन् । भारतले बर्सेनि नेपाली चिया निर्यातमा विभिन्न बहाना बनाएर अंकुश लगाउन थालेपछि चिया क्षेत्रका सरोकारवालाले चिया निर्यातका लागि अन्य मुलुकमा वैकल्पिक उपायको खोजी गर्न थालेका हुन् । इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको पहलमा सूर्योदय टी प्रोर्डयुस प्रा।लि। का डिल्लीराम श्रेष्ठको संयोजकत्वमा काठ्माडौं गएको चिया उद्योगीको प्रतिनिधि मण्डलले श्रीलङ्का र दुबईमा चिया निर्यातका लागि पहल थालेको छ । उक्त प्रतिनिधि मण्डलसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपालका लागि दुबईका राजदूत सईद हमदान अल्नाक्बी र नेपालका लागि श्रीलङ्काका राजदुत मार्सल सुदर्शन पाथिरनासँग भेट गरी नेपालको अर्थोडक्स चिया निर्यातका लागि छलफल भएको सूर्योदय टी प्रोर्डयुस प्रा।लि।का सचिव तथा चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईलगायतको सहभागिता थियो। छलफलमा नेपाली चिया निर्यात गर्नका लागि दुबै देशले पहल थाल्ने सहमति भएको छ । दुबै देशमा नेपाली चिया निर्यात गर्नका लागि राजदूतमार्फत अर्थ र परराष्ट्र मन्त्रालयले पहल थाल्ने सहमति भएको सचिव कट्टेलले जानकारी दिनुभयो । श्रीलङ्काले वार्षिक रुपमा विश्वमै सबैभन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले विश्वमै बढी चिया निर्यात गर्ने श्रीलङ्काको अभ्यासबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले नेपाली चिया गुणस्तरीय भए पनि विश्व बजारमा लैजान नसक्दा बर्सेनि समस्या आउने गरेका कारण भारतको मात्र भर नपरी अन्य देशमा चिया निर्यातका लागि व्यवसायीकै सक्रियतामा पहल सुरु भएको बताउनुभयो ।

नगर प्रमुख राईले दुबईको डी।एम।सी।सी। कम्पनीले विश्वका १३ वटा देशमा चिया खरिद गरी बिक्री गरिरहेकाले राजदूतको पहलमा उक्त कम्पनीमार्फत नेपालको अर्थोडक्स चिया निर्यातका लागि पहल थालिएको जानकारी दिनुभयो । ूकरौडौं किलोग्राम चिया खरिद गर्ने यस देशमा कसरी नेपालले सिधै प्रवेश पाउन सक्छ र कूटनीतिक पहल वा निजी व्यवसायीले कुन विधिबाट जान उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भएको छ,ू नगरप्रमुख राईले भन्नुभयो । भारतले नेपाली चियालाई गुणस्तरहीन र विषादीको मात्रा बढी भएको भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता अहिलेसम्म छ । हालसम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने बाँकी चिया भारत लगायत अन्य मुलुक जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाका अनुसार वार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गरेको प्राविधिक कोइरालाले जानकारी दिनुभयो ।

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ । तर कफीलगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जाँदा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धिदर ५देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ। गोरखापत्र

ताजा समाचार

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका...

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...