चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

Published on

काठमाडौं । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज्न थालेका छन् । भारतले बर्सेनि नेपाली चिया निर्यातमा विभिन्न बहाना बनाएर अंकुश लगाउन थालेपछि चिया क्षेत्रका सरोकारवालाले चिया निर्यातका लागि अन्य मुलुकमा वैकल्पिक उपायको खोजी गर्न थालेका हुन् । इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको पहलमा सूर्योदय टी प्रोर्डयुस प्रा।लि। का डिल्लीराम श्रेष्ठको संयोजकत्वमा काठ्माडौं गएको चिया उद्योगीको प्रतिनिधि मण्डलले श्रीलङ्का र दुबईमा चिया निर्यातका लागि पहल थालेको छ । उक्त प्रतिनिधि मण्डलसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपालका लागि दुबईका राजदूत सईद हमदान अल्नाक्बी र नेपालका लागि श्रीलङ्काका राजदुत मार्सल सुदर्शन पाथिरनासँग भेट गरी नेपालको अर्थोडक्स चिया निर्यातका लागि छलफल भएको सूर्योदय टी प्रोर्डयुस प्रा।लि।का सचिव तथा चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईलगायतको सहभागिता थियो। छलफलमा नेपाली चिया निर्यात गर्नका लागि दुबै देशले पहल थाल्ने सहमति भएको छ । दुबै देशमा नेपाली चिया निर्यात गर्नका लागि राजदूतमार्फत अर्थ र परराष्ट्र मन्त्रालयले पहल थाल्ने सहमति भएको सचिव कट्टेलले जानकारी दिनुभयो । श्रीलङ्काले वार्षिक रुपमा विश्वमै सबैभन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले विश्वमै बढी चिया निर्यात गर्ने श्रीलङ्काको अभ्यासबारे छलफल भएको जानकारी दिनुभयो । उहाँले नेपाली चिया गुणस्तरीय भए पनि विश्व बजारमा लैजान नसक्दा बर्सेनि समस्या आउने गरेका कारण भारतको मात्र भर नपरी अन्य देशमा चिया निर्यातका लागि व्यवसायीकै सक्रियतामा पहल सुरु भएको बताउनुभयो ।

नगर प्रमुख राईले दुबईको डी।एम।सी।सी। कम्पनीले विश्वका १३ वटा देशमा चिया खरिद गरी बिक्री गरिरहेकाले राजदूतको पहलमा उक्त कम्पनीमार्फत नेपालको अर्थोडक्स चिया निर्यातका लागि पहल थालिएको जानकारी दिनुभयो । ूकरौडौं किलोग्राम चिया खरिद गर्ने यस देशमा कसरी नेपालले सिधै प्रवेश पाउन सक्छ र कूटनीतिक पहल वा निजी व्यवसायीले कुन विधिबाट जान उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भएको छ,ू नगरप्रमुख राईले भन्नुभयो । भारतले नेपाली चियालाई गुणस्तरहीन र विषादीको मात्रा बढी भएको भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता अहिलेसम्म छ । हालसम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने बाँकी चिया भारत लगायत अन्य मुलुक जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाका अनुसार वार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गरेको प्राविधिक कोइरालाले जानकारी दिनुभयो ।

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ । तर कफीलगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जाँदा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धिदर ५देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...