उत्तरी फ्रान्समा आप्रवासी बोकेको डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु

Published on

काठमाडौं । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए । “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भन्नुभयो, “यहाँ पीडितहरूको उपचारका लागि प्राथमिक उपचार चौकी स्थापना गरिएको थियो, यो ठूलो नाटक हो ।” दुर्घटनामा कम्तीमा १३ आप्रवासीको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सामुद्रिक उद्धार अधिकारीले बताए ।

समुद्रको उक्त क्षेत्रको निरीक्षण गर्ने फ्रान्सेली सामुद्रिक प्रान्तका प्रवक्ता एटिने बग्गियोले ‘१० भन्दा धेरै’ को मृत्यु भएको बताउनुभयो । तर उहाँसँग सही सङ्ख्या थिएन । प्रान्तले डुङ्गा ग्रिस–नेज विन्दुदेखि टाढा कठिनाइमा परेको बताएको छ । बग्गियो र मेयर दुवैले उद्धारकर्मीहरूले ६१ आप्रवासीलाई पानीबाट उद्धार गरेको बताउनुभयो । उत्तरी फ्रान्समा समुद्रको तापक्रम करिब २० डिग्री सेल्सियस अर्थात करिब ६८ फरेनहाइट थियो । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष बेलायत जाने प्रयासमा कम्तीमा ३० आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् । मङ्गलबार अद्यावधिक गरिएको बेलायती गृह मन्त्रालयको आँकडाअनुसार पछिल्लो सात दिनमा कम्तीमा दुई हजार एक सय नौ आप्रवासीले साना डुङ्गाहरू मार्फत इङ्ग्लिस च्यानल पार गर्न प्रयास गरेका छन् । आँकडामा च्यानलमा वा आगमनमा भेटिएका व्यक्तिहरू समावेश गरिएको हुन्छ । युरोपको तीव्र कडा शरण नियम, बढ्दो जेनोफोबिया |(अन्य मुलकका मानिसलाई मन नपराउने) र आप्रवासीप्रति शत्रुतापूर्ण व्यवहारले आप्रवासीहरूलाई उत्तरतिर धकेलिरहेको छ । रासस\एपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...