‘उपलब्धि रक्षार्थ एमालेसँग सहकार्य’

Published on

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो । सभापति देउवाले गणतन्त्र र बहुदलीय प्रणालीमा मतभेद नरहेको, परिवर्तनबाट प्राप्त उपलब्धिका सन्दर्भमा कांग्रेस–एमालेको एउटै धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबिच मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । मुख्य प्रतिस्पर्धी हौँ कांग्रेस र एमाले । कतिपय समस्या आउन सक्छन् । समस्याको समाधान गर्नु पनि हाम्रो कर्तव्य हो । मलाई विश्वास छ, ओलीजी र म मिलेर यो समस्याको समाधान गर्ने छौँ ।”

उहाँले अहिले देश चुनौतीपूर्ण अवस्थामा रहेको र यसको समाधान गर्न कर्मचारी युनियनको अझै महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । उहाँले निजामती कर्मचारीको संरचनालाई स्थायी सरकार भनिने भएकाले आवधिक निर्वाचनबाट आउने सरकारले बनाएका नीति, नियम र कानुन कार्यान्वयन गरी राष्ट्रलाई समुन्नत बनाउने कार्यमा लाग्नुपर्ने बताउनुभयो । उहाँले विगतमा जुनसुकै राजनीतिक दलमा आबद्ध भए पनि निजामती सेवामा प्रवेश गरिसकेपछि निष्पक्ष र निःस्वार्थ भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा कोही कांग्रेसको समर्थक होला, कोही एमालेको, कोही माओवादीको, जुन पार्टीमा आस्था भए पनि कर्मचारीले निर्वाचन जितेर आएका सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ ।” कांग्रेस केन्द्रीय सदस्य कमला पन्तले सङ्घीय निजामती सेवा ऐन तत्काल ल्याइनुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा ऐन दफावार छलफलका लागि समितिमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ऐन तत्काल जारी गर्नुपर्ने, कर्मचारीका समस्या समाधान गर्नुपर्नेसहितका विषयमा ध्यानाकर्षण गराउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...