आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

Published on

काठमाडौं । उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने हुनुभएको छ ।

फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने हुनुभएको हो । त्यहाँ उहाँले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको छ । उहाँको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ । छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् ।

अमेरिकी निर्वाचनमा पेन्सिलभेनिया, जर्जिया र अन्य स्विङ राज्यहरू निर्णायक हुने अपेक्षा गरिएको छ । आगामी हप्ता हुने बहसले निर्वाचन अभियानको सबैभन्दा गहन चरणको सुरुआतलाई चिह्नित गर्नेछ भने यो ह्यारिस र ट्रम्प बिचको पहिलो भेट हुनेछ । ह्यारिसको पेन्सिलभेनियामा हुन लागेको तयारीले मेरिल्यान्डको क्याम्प डेभिडमा ट्रम्पसँगको जुन २७ को बहसका लागि बाइडेनको एक हप्ता लामो तयारीलाई प्रतिबिम्बित गर्दछ । यसले उहाँको राष्ट्रपति अभियानलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो । रासस\एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...