प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धविरामलाई ‘विफल’ पार्न खोजिरहेको हमासको आरोप

Published on

काठमाडौं । हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल’’ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ । नेतान्याहुले प्यालेस्टिनी लडाकू समूहले वार्ताका सबै शर्त अस्वीकार गरेको बताएपछि हमासले उक्त आरोप लगाएको हो । इजरायली अधिकारीहरूले आइतबार गाजाको एक सुरुङबाट छ जनाको शव निकालेको घोषणा गरेपछि बाँकी बन्धकलाई मुक्त गर्ने सम्झौतामा पुग्न प्रधानमन्त्री नेतान्याहुले विश्वव्यापी दबाबको सामना गरिरहेका बेला दुई पक्षबीच आरोप–प्रत्यारोप चलिरहेको छ । “हामी वार्ता सुरु गर्ने प्रयास गरिरहेका छौँ”, नेतान्याहुले बुधबार भन्नुभयो, “हमासले भने वार्ता गर्न अस्वीकार गरिरहेको छ ।”

हमासलाई हतियार तस्करी रोक्न इजरायलले इजिप्ट–गाजा सीमामा रहेको फिलाडेल्फी कोरिडोरमा नियन्त्रण गर्न आवश्यक रहेको नेतान्याहुले बताउनुभएको छ । आफ्नो भूभागबाट पूर्ण इजरायली फिर्तीको माग गरिरहेको हमासले बिहीबार सीमा क्षेत्रमा नेतान्याहुको जिद्दीले ‘युद्धविराम सम्झौतामा पुग्न असफल पार्ने लक्ष्य राखेको’ आरोप लगाएको हो । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले उल्लेख गरेको युद्धविराम सम्झौतामा सहमति जनाएका प्यालेस्टिनी लडाकू समूहले नयाँ सम्झौता आवश्यक नभएको बताएका छन् ।

“हामीलाई नयाँ प्रस्तावको आवश्यकता छैन”, समूहले टेलिग्राममार्फत विज्ञप्तिमा भनेको छ, “हाम्रा जनताविरुद्धको आक्रमणलाई लम्ब्याउन वार्ताको प्रयोग गर्ने प्रधानमन्त्री नेतान्याहुको चालमा नफस्न आग्रह गर्दछौँ ।” यस हप्ता इजरायलको विभिन्न सहरमा भएको विरोध प्रदर्शनमा युद्धविराम सम्झौता गर्न आवश्यक पहल नगरेको भन्दै नेतान्याहुका आलोचकहरूले उहाँलाई बन्धकहरूको मृत्युका लागि दोषी ठहराएका छन् । रासस\एएफपी

ताजा समाचार

परिवारसँग खुसी साट्न नपाउँदै मिस्टर काठमाडौँ विजेता राईको मृत्यु

काठमाडौं । शनिबार मात्र काठमाडौँमा भएको पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नु...

विश्वकप लिग–२ : नेपाल आज ओमानसँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बुधबार (आज) राति...

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।...

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्...