संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई छैन : अध्यक्ष प्रचण्ड

Published on

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान विपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रूपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पार्नुभयो । “व्याख्यात्मक टिप्पणीमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “संविधान विपरीत बोल्ने छुट कसैलाई पनि छैन । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।”

जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको अध्यक्ष प्रचण्डको भनाइ छ । पटक(पटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उहाँले बताउनुभयो । “यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ ।”

जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने मन्त्रिपरिषदबाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनः विचार गर्नेमा विश्वस्त रहेको बताउनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, सचिव देवेन्द्र पौडेललगायत नेता कार्यकर्ताले सहिदद्वय कुँवर र गौतमको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...