गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

Published on

काठमाडौं । बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकै रहेको शिव सामुदायिक वन उपभोक्ता समुहको जङ्गलक्षेत्रमा विदेशी पर्यटकलाई घुमाउन लगेको अवस्थामा शुक्रबार बिहान साढे ८ बजेको समयमा गैंडाले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका –९ बर्दियाका ३६ वर्षीय वरिष्ठ नेचर गाइड मनमोहन चौधरीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । ५६ वर्षीय अमेरिकन नागरिक एमसी लेन्डोन सावनलाई जङ्गलवाकमा घुमाउन लगेको समयमा चौधरीलाई गैंडाले आक्रमण गरेको र घटनास्थलमै उहाँको ज्यान गएको सूचना अधिकारी वाग्लेले बताउनुभयो । उहाँका अनुसार गैंडाको आक्रमणमा परी घाइते हुनुभएका अमेरिकन नागरिक सावनको अहिले ठाकुरबाबार नगर अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने तयारी भइरहेको छ ।

उहाँहरुका साथमा शिव सामुदायिक वन उपभोक्ता समुहका वन हेरालु थेङ्चु थारु रहेको उहाँ भने सकुशल रहनुभएको सूचना अधिकारी वाग्लेले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...