तिरिङ्गेमा दुई घर जलेर नष्ट

Published on

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा दुई घर जलेर नष्ट भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेको खानीटोलमा बिहीबार भएको आगलागीबाट एकै परिवारका दुई दाजुभाइको घर जलेर नष्ट भएको हो । तिरिङ्गेका वडाध्यक्ष पूर्णबहादुर तिवारीका अनुसार खानीटोलका स्थानीय देवीप्रसाद इजम लिम्बू र डम्बर लिम्बूको घर जलेर नष्ट भएको छ । दुई दाजुभाइको नजिक रहेको ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोग भएको घर जलेर पूर्णरुपमा नष्ट भएको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यथार्थ खुलिनसकेको उहाँले बताउनुभयो । आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । अहिले प्रहरी टोली पुगेर आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको पनि वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...