‘नयाँ सरकार बनेसँगै लगानीको वातावरण सिर्जना भयो’

Published on

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताउनुभएको छ। मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा शुक्रबारदेखि आयोजना गरेको ‘तेस्रो नेपाल पावरलाइट एण्ड इलेक्ट्रिक प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको बताउनुभएको हो। “दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ, नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्, यो सरकारले मुलुकमा लगानीको वातावरण सृजना गर्छ”, उहाँले भन्नुभयो। वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उहाँको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले वर्तमान सरकार, स्थायी सरकार भएकाले ढुक्क भएर लगानी गर्नसमेत आग्रह गर्नुभयो। धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने मन्त्री खड्काले बताउनुभयो। उहाँले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। प्रदर्शनीले विद्युत्को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने उहाँको भनाइ थियो। मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासका बाधक रहेका नीति नियमको परिमार्जन र संशोधन सरकारले गरिरहेको बताउनुभयो। तीन दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका ९० भन्दा बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिनुभयो। रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...