नेवाः सांस्कृतिक ज्ञानकोश सार्वजनिक

Published on

काठमाडौं । नेवाः समुदायको सम्पूर्ण जानकारी समावेश गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ राजधानीमा शुक्रबार सार्वजनिक गरिएको छ । नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा ल्याएको सो ज्ञानकोशका दुर्गालाल श्रेष्ठ, कालु कुम्हाः, यज्ञमानपति वज्राचार्य, सुवर्णकेशरी चित्रकार र श्रीगोपाल प्रजापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिएको छ । ज्ञानकोश ‘नेवाः म्हसीका, ‘संस्कृति व सम्पदा’, ‘भाषा, लिपि व साहित्य’, ‘म्ये, बाजं व प्याखं’ र ‘शिल्प, प्रविधि र ज्ञान’ गरी पाँच भागमा प्रकाशित छ । पाँच भागमा प्रकाशित ज्ञानकोशको पाँचै पुस्तक गरी करिब दुई हजार आठ सय पृष्ठ रहेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले यस्तो बृहत् पुस्तक प्रकाशनमा महानगरपालिकाले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाली र अङ्ग्रेजी अनुवादमा समेत महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के। सुन्दरले ज्ञानकोश नेवार समुदायबारे सम्पूर्ण जानकारी समावेश भएको बृहत् कोश भएको बताउनुभयो । कृतिमा नेवारहरू को हुन्, कहाँबाट आएका हुन्, उनीहरूको संस्कृति के हो, जात्रा पर्व के हो, कहिले मनाइन्छ भन्नेबारेमा सम्पूर्ण जानकारी समावेश गरिएको जनाइएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...