गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

Published on

काठमाडौं । गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।

चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (वाफा) लाई कुपोषण र खाध्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् । गाजामा ५० हजारभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनीय रहेको चेतावनी दिएको छ ।

गाजापट्टीका बासिन्दाले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका न् । रासस\क्यूएनए

spot_img

ताजा समाचार

डेङ्गुको सङ्क्रमण घट्दो क्रममा

काठमाडौं । जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गु र स्क्रब टाइफसको...

म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम

काठमाडौं । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना...

जुम्लामा रैथाने परिकारको प्रदर्शनी मेला

काठमाडौं । जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न...

ट्राफिक व्यवस्थापनमा जुट्दै इलाम नगरपालिका

काठमाडौं । इलाम सदरमुकामस्थित इलाम बजार क्षेत्रमा ट्राफिक सवारीको चाप बढेपछि उत्पन्न समस्या समाधानका...