कोरोना बिमाको रकम माग गर्दै बिमक सङ्घद्वारा रिट दायर

Published on

काठमाडौं । लामो समयसम्म कोरोना बिमाको दायित्व भुक्तानी नभएको भन्दै निर्जीवन बिमा कम्पनीहरूको छाता संस्था नेपाल बिमक सङ्घले सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । लामो समयसम्म कोरोना बिमाबापतको रकम भुक्तानी नदिँदा समग्र बिमा क्षेत्रप्रति नै विश्वासमा कमी आउँदै गएको छ । कोरोना महामारीमा आमनेपाली नागरिकलाई उपचार तथा आर्थिक सहजताका लागि सरकारले ल्याएको कोरोना बिमा पछिल्लो समय बिमाबापतको भुक्तानी अहिले कम्पनीहरूका लागि समस्या बनेको छ ।

बिमक सङ्घले सरकारले कोरोना बिमाको करिब ११ अर्ब ३४ करोड रुपियाँ दाबी भुक्तानी दिन आलटाल गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो । कोरोना बिमाको पोलिसी ल्याएका निर्जीवन बिमा कम्पनीहरूले आफ्नोतर्फको रकम भुक्तानी गरिसकेको तर सरकारमातहतको अर्थ मन्त्रालयले कोरोना बिमाबापत बिमितलाई ११अर्ब ३४ करोड रुपियाँ दिन बाँकी छ । नेपालमा कोरोना सङ्क्रमण फैलिए यता २०७७ वैशाख ४ गतेबाट सुरु भएको कोरोना बिमा २०७८ असारसम्म सञ्चालनमा आएको थियो । नेपाल बिमा प्राधिकरणका अनुसार १७ अर्ब ४४ करोड ४० लाख रुपियाँ बराबरको दाबी परेको थियो । दाबीमध्ये सरकारको एक अर्ब रुपियाँसहित कुल छ अर्ब १० करोड १५ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

कोरोनाकालमा निर्जीवन बिमा कम्पनीले सरकारकै प्रतिबद्धतामा कोरोना बिमा गरेका थिए । कम्पनीसँग साढे तीन अर्ब रुपियाँभन्दा बढी दायित्व सिर्जना भएमा सरकारले बेहोर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धता अनुसार अहिलेसम्म सरकारको बेहोर्नुपर्ने कोरोना बिमाको दायित्व नपाएपछि बिमा कम्पनीहरू सर्वोच्च अदालत जानु परेको सङ्घले जनाएको छ । समयमा भुक्तानी नपाएपछि निर्जीवन बिमा कम्पनी मात्रै नभएर जीवन बिमा कम्पनीलाई पनि त्यसको नकरात्मक प्रभाव परेको छ । कोरोना बिमाको रकम सरकारले समयमै भुक्तानी नगरेको खबर सार्वजनिक भएलगत्तै जीवन बिमा कम्पनीको व्यापारमा पनि नकरात्मक असर परेको कम्पनीले बताउँदै आएका छन् । सर्वोच्च अदालतले सङ्घको मुद्दा पेसी भदौ २४ गते बिहान १० बजे तोकेको छ । सोमबार सरोकारवालालाई अदालतमा उपस्थित हुन भनिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...